मेयर बालेनले ‘नेपहपको श्रीपेच’ छाडेनन्
- वर्ल्ड दैनिक
- २ साल अघि
- २५० पटक पढिएको
काठमाडौंका नवनियुक्त मेयर बालेन शाहले रियालिटी शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिएका छन् ।
र्याप गायनमा आधारित ‘नेपहपको श्रीपेच’ रियालिटी शोका निर्देशक निकेश खड्काले जानकारी दिए अनुसार मेयरमा निर्वाचित भएपछि पनि बालेनले शोमा निर्णायक भूमिकामा निरन्तरता दिएको बताए ।
उनले भने,‘बालेन मेयरका रूपमा निकै व्यस्त हुनुहुन्छ, आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर शोमाको जजको भूमिका निर्वाह गर्नुभएको छ । उहाँ मेयर भइकन पनि एउटा एपिसोड छाँयाकन गरिएको प्रसारण गरिसकेको बताए।’ उनले बालेनको व्यस्ततालाई ख्याल गर्दै सुटिङको समय सजिलो हुने गरी निर्धारण गरिएको बताए । शोको निर्णायक मण्डलमा बलेन सहित मानस घले र गिरीश खतिवडा दुई र्यापर समेत छन्।
असार १४ गते ग्रान्ड फिनाले हुने खड्काले बताए।
प्रतिक्रिया दिनुहोस