पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ टर्की भ्रमणमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३४ पटक पढिएको

तीन दिने औपचारिक भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ टर्की पुगेका छन् । मङ्गलबार पाकिस्तानी उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी अंकरा पुगेका हुन् । पाकिस्तानी प्रतिनिधिमण्डलमा रक्षा मन्त्री खावाज मोहम्मद असिफ, सूचना तथा प्रसारण मन्त्री मरियुम औराङजब, लगानी मन्त्री चौधरी सालिक हसन र प्रधानमन्त्रीका विषेश सहयोगी तारिक फतेमी र फहद हसन रहेका छन् ।
टर्कीका रक्षा मन्त्री हुलुसी अकरले अंकरा विमानस्थलमा पाकिस्तानका प्रधानमन्त्री सरिफलाई स्वागत गरेका थिए ।
विदेशमन्त्री बिलावाल भुट्टो जर्दारी पनि सोमबार नै टर्की आएका हुन् । टोलीले बुधबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेको छ । भेटवार्ताका क्रममा पाकिस्तान – टर्की सम्बन्धलाई थप बलियो बनाउने, आपसी सहकार्यका नयाँ ढोका खोल्ने, विगतमा हुँदै आएका सहकार्यलाई थप प्रभावकारी र दिगो बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा पनि सकेसम्म समान धारणा बनाउने र एकै ठाउँमा रहेर भूमिका खेल्ने लगायतका विषयमा छलफल भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित