विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको शव काठमाडौं ल्याइने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५६ पटक पढिएको

आइतबारदेखि सम्पर्कविहीन रहेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान मुस्ताङमा दुर्घटनाग्रस्त अवस्था फेला परेको थियो । सो विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा फेला परेको छ । 

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए अनुसार विमानमा सवार २२ जना यात्रु मध्ये १४ जनाको शव भेटिएको जसमध्ये  दुईवटा शव जहाजले थिचेको अवस्थामा भेटिएको र शव निकाल्दा जहाज पहाडबाट खस्न सक्ने हुनाले सुरक्षाकर्मीहरुले सुरक्षित रुपमा निकाल्ने प्रयास गरिरहेको उनले बताएका छन् । 

प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले शव काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने बताएका छन्। 

तारा एयरका अनुसार आइतबार पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटरमा चालक दलका ३ सदस्य,भारतीय ४ जना, नेपाली १३ जना र जर्मन नागरिक २ जना सवार थिए । विमान बिहान १० बजेर ७ मिनेटमा म्याग्दीको शिख नजिकको आकाशबाट विमान सम्पर्कविहीन भएको थियो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित