सुनको मूल्य आज २०० रुपैयाँले बढ्यो
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३७२ पटक पढिएको
आज शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । सुनको मूल्य आज २०० रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा २०० ले बढेर तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीवारको तुलनामा शुक्रबार तोलामा २०० रुपैयाँको वृद्धि आएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्राबार सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि वृद्धि आएको छ ।
शुक्रबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार २७० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस