चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७६ पटक पढिएको

सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सात वर्षीय सम्राट नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जानकारी दिए।
ती बालक मामाघर बस्दै आएका थिए। भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत नेपालीलाई खेल्न गएका बेला चितुवाले आक्रमण गरेको थियो। चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेको प्रनाउ थापाले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित