मूल्यवृद्धिलाई लिएर ओलीको आलोचना
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४५५ पटक पढिएको
पछिल्लो समय बढेको मूल्यवृद्धिलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गरेका छन् । ओलीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै सरकारको चर्को आलोचना गरेको हुन्।
उनले, ‘मूल्य समायोजनको नीतिको सट्टा यसै महिनाको पहिलो हप्ता दुईपल्ट १०/१० रुपैयाँका दरले मूल्यवृद्धि गरिन्छ। जनतालाई धोका दिएर एक हप्ताभित्र २ पल्ट मूल्यवृद्धि गरिएको छ’ भनेर सरकारको आलोचना गरेका छन्।
ओलीले पेट्रेलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने निर्णय गर्नुको कारण खोजेका छन्। ‘३० गते भोट नमागुन्जेलसम्म चुप्प लागेर बस्ने, भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हानिदिने जनतालाई? भनेर सरकारमाथि प्रश्न समेत गरे।
प्रतिक्रिया दिनुहोस