पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा महँगो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३७२ पटक पढिएको

विगत लामो समयदेखि नेपालमा भारतको तुलनामा सस्तो मूल्य बिक्री वितरण भइरहेको इन्धन मूल्य यतिबेला भने महँगो भएको छ । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएको हो ।

गत वैशाख ७ को मध्यरातिबाट लागु भएको मूल्यवृद्धिपछि नेपाल–भारत सीमा क्षेत्रमा डिजेलको भाउ लिटरमा १० रुपैयाँ र पेट्रोलमा ५ देखि ६ रुपैयाँसम्म नेपालतर्फ महँगो भएको छ । भारतको रक्सौलमा पेट्रोल प्रतिलिटर १७४.७७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । जुन, नेपालमा प्रतिलिटर १८० रुपैयाँ बिक्री मूल्य तोकिएको छ । नेपालमा भारतको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर ५.२३ रुपैयाँ महँगो छ ।

यसअघि इन्धनको मूल्य सस्तो भएका कारण नेपालबाट भारततर्फ इन्धनको तस्करी हुने गर्थ्यो । नेपालतर्फ इन्धन सस्तो हुँदा तस्करी बढेको भन्दै नेपाल आयल निगमले इन्धनको मूल्य बढाउँदै आएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित