चारवटा बम विस्फोट हुँदा कम्तिमा १२ जना मारिए
- वर्ल्ड दैनिक
- २ साल अघि
- १४० पटक पढिएको
अफगानिस्तानमा एक मिनिबस र एउटा मस्जिदमा चारवटा बम विस्फोट हुँदा कम्तिमा १२ जना मारिएका छन् । मजार-ए-शरीफ क्षेत्रमा एउटा मिनीबसमा भएका तीनवटा बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको समाचार संस्था अल्जाजीराले उल्लेख गरेको छ ।
बाल्ख स्वास्थ्य विभागका प्रमुख नजिबुल्लाह तवानाले सवारी साधनमा भएको विस्फोटमा मारिएका १० मध्ये तीन जना महिला रहेको बताए । उक्त विस्फोटमा अन्य १५ जना घाइते भएका छन् । विस्फोटको केही घण्टापछि तथाकथित इस्लामिक स्टेट समूह (आईएस) ले सामाजिक सञ्जालमा मिनीबस हमलाको जिम्मेवारी आफुले लिएको खुलासा गरेको छ ।
राजधानी काबुलको एक मस्जिद भित्र बुधबार अबेर राति भएको अर्को बम विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। काबुलको आपत्कालीन अस्पतालले मस्जिदमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको र २२ जना घाइते भएको ट्वीट मार्फत खबर सार्वजानिक गरेको छ । अल्जाजीरा