जाभी अलन्सोले छाडे मुख्य प्रशिक्षक

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३८ पटक पढिएको

स्पेनिस ला लिगा क्लब रियल सोसिडाडको ‘बी’ टिमको मुख्य प्रशिक्षकको पद जाभी अलन्सोले छाडेका छन् ।
अलन्सोले क्लब छाडेको सोसिडाडले एक विज्ञप्ति मार्फत बताएको छ। सोसिडाडले उनलाई धन्यवाद दिँदै उनका लागि ढोका सधै खुल्ला रहने जनाएको छ। स्पेनका पूर्व मिडफिल्डर अलन्सोले तीन सिजन सोसिडाडको ‘बी’ टोली हेरेर बाहिरिएका हुन् । सोसिडाडको ‘बी’ टोलीलाई ला लिगाको दोस्रो डिभिजनमा उक्लाउने अलन्सोनै थिए। सोसिडाड अलन्सोको पूर्व क्लब समेत हो । रियल मड्रिड, लिभरपुल र वायर्न म्युनिखका पूर्व प्लेमेकर अलन्सोले सोसिडाडबाट १२४ खेल खेलेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित