एम्बुलेन्स दुर्घटनामा परि एकको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ५२३ पटक पढिएको

लामोसाँघु-जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना भएको छ। बुधबार राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामापरि एक जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयले दुर्घटनामा परि सुनकोसी-७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको बताएको हो। 

एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित