हिरासतमा रहेका कुँवर प्रहरी कार्यालयको शौचालयमा मृत फेला
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७३ पटक पढिएको
कोहलपुरको ईलाका प्रहरी कार्यालयको शौचालयमा एकजना मृत फेला परेका छन् । प्रहरी कार्यालय कोहलपुरका अनुसार उक्त मानिस जबरजस्ती करणी उद्योगमा हिरासतमा राखिएका थिए। हिरासतमा रहेका कोहलपुर– १२ का ४६ वर्षीय कृष्णलाल कुँवर मृत फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बिहान करीब ५ बजेतिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज समेत रहेका प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
उनले भने, ‘हिरासत कक्षबाट ट्वाइलेट गएका कुँवर टवाइलेटको भ्यान्टिलेटरमा टिसर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको अवस्थामा भेटिएका हुन् ।’
प्रहरीले गत १९ वैशाखमा ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा मृतक कुँवरलाई नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।
स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।