बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७९ पटक पढिएको

उदयपुरमा बालयौन दुर्व्यवहार गरेको आरोपमा एकजना युबक पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले उदयपुर, उदयपुरगढी गाउँपालिका–७ घर भएका २० वर्षीय कमल मगरलाई पक्राउ गरेको हो । ती किशोरीलाई सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित