१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा १ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६१ पटक पढिएको

ललितपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महाङ्काल गाउँपालिका-६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटी रहेका छन् । सिवाकोटीले ती किशोरीलाई ललाई फकाई  २०७८ भदौदेखि पटकपटक जबरजस्ती करणी गर्दै आएका थिए ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित