छोराको मृत्युपछि फुटबलर रोनाल्डो र उनकी पार्टनर जर्जिना पीडामा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २८८ पटक पढिएको

म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेजले आफ्नो नवजात बच्चाको मृत्यु भएको घोषणा गरेका छन् ।

आफ्नो शिशुको मृत्यु भएको घोषणा गर्दै यसलाई ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भएको बताएका छन् । ३७ वर्षीय रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेजले छोराको मृत्यु भएपनि छोरी बाँचेकाले केही आशा र खुशीको साथ बाँच्न बल भएको बताएका छन् ।

उक्त  खबर उनीहरुले सामाजिक संजाल मार्फत सावजनिक गरेका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित