सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले घट्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९० पटक पढिएको

सुनको मूल्य तोलामा आज ४०० रुपैयाँ घटेको छ । सुनको मूल्य आज ४०० रुपैयाँले घटेर १ लाख २१०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार १ लाख २५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ४०० ले घटेर तोलाको १ लाख २१०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबारको तुलनामा मंगलबार तोलामा ४०० सय रुपैयाँको ह्रास आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा १ लाख १६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य घटे तापनि चाँदीको मूल्यमा भने स्थिरता छाएको छ ।

मंगलबार चाँदीको भाउ स्थिर रहँदै तोलाका १४२० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ५ रुपैयाँले बढेर १४२० रुपैयाँमा किनबेच भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित