केन्द्रीय सचिवालय बैठकद्वारा एमालेको घोषणापत्र पारित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८१ पटक पढिएको

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको लागि तयार पारेको घोषणापत्र पारित भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले घोषणापत्र पारित गरेको हो ।

घोषणापत्र पारित भएको जानकारी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले दिएका छन् । साथै आजको बैठकमा घोषणापत्र मस्यौदा समितिले बनाएको मस्यौदाको अन्तिम रिर्पोट पेस भएको र त्यसलाई पारित भएको उनले जानकारी दिए ।

घोषणापत्र वैशाख ९ गते सार्वजनिक गरिने कुरा विभाग प्रमुख गुरुङले बताएका छन् । एमालेले घोषणापत्र  मस्यौदा कमिटी गठन वरिष्ठ उपाध्क्ष ईश्वर पोखरेलको नेतृत्वमा गरेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित