भारतमा थप २ हजार १८३ जना नयाँ संक्रमित भेटिए

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १५६ पटक पढिएको

भारतमा पछिल्लो एक सातामा कोरोना संक्रमण दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका थप २ हजार १८३ जना नयाँ संक्रमित भेटिएका छन् । आइतबारको तुलनामा आज कोरोना संक्रमण दर ८९.८ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा २१४ जनाले ज्यान गुमाएका छन् । आइतबार १ हजार १५० जनामा कोरोनाको संक्रमण देखिएको थियो र यसका कारण ४ जनाको मृत्यु भएको थियो ।

यसैबीच दैनिक संक्रमण दर ०.३१ बाट बढेर ०.३ प्रतिशत पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ११ हजार ५५८ बाट घटेर ११ हजार ५४२ पुगेको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित