सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढ्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७९ पटक पढिएको

सुनको मूल्य तोलामा आज फेरि ५०० रुपैयाँ बढेको छ। सुनको मूल्य आज ५०० रुपैयाँले बढेर १ लाख २५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार १ लाख २००० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ५०० ले बढेर तोलाको १ लाख २५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबारको तुलनामा सोमबार तोलामा ५०० सय रुपैयाँले वृद्दि आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा १ लाख २००० रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार सुनको मूल्य बढे तापनि चाँदीको मूल्य भने घटेको छ।

सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १४२० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १४२५ रुपैयाँमा किनबेच भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित