राजेन्द्र तामाङ नेपाल फुटबल प्रशिक्षक संघको अध्यक्षमा चयन

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २०० पटक पढिएको

राजेन्द्र तामाङ नेपाल फुटबल प्रशिक्षक संघको अध्यक्षमा चयन भएका छन् । तामाङ शनिबार चितवनको सौराहामा भएको अधिवेशनबाट अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

यसैगरी, संघको उपाध्यक्षमा यम प्रसाद गुरुङ, सुरेन्द्र बहादुर तामाङ र समिर नेम्कुल चयन भएका छन् ।

संघको सदस्यहरुमा रामचन्द्र थापा, सरोज श्रेष्ठ,अर्जुन चौधरी,मन्जित पुन,सनोज श्रेष्ठ, बिमन श्रेष्ठ,  बिजय श्रेष्ठ,धनेश्वर प्रजापति,बिनोद महर्जन, अनिल तामाङ र महिला सदस्यमा भगवती रानामगर चयन भएका छन् ।

निर्वाचित सबै सदस्य निर्विरोध चुनिएको नेपाल फुटबल प्रशिक्षक संघले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित