कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भर्खर सुरु
- वर्ल्ड दैनिक
- १ साल अघि
- ३२७ पटक पढिएको
सत्तरुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भर्खर सुरु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सानेपामा भएको हो ।

सानेपामा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल भइरहेको छ । आजको बैठकबाट उम्मेदवारीसम्बन्धी टुंगो लगाउने कार्यहरु हुने भएको नेताहरुले बताएका छन् ।
यसअघि बसेको बैठकले घोषणापत्रको मस्यौदा पारित गरेको थियो । कांग्रेसको घोषणापत्र लोकतन्त्र दिवसका दिन वैशाख ११ गते सार्वजनिक हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस