मानेभन्ज्याङमा जीप दुर्घटना २ प्रहरीको मृत्यु
- वर्ल्ड दैनिक
- १ साल अघि
- ४६५ पटक पढिएको
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। बुधबार भएको उक्त दुर्घटनामा ७ जना घाइते भएका छन् ।

घाइते हुनेमध्ये ४ जना को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी सुकदेव खनालले बताएका छन् । डिएसपी खनालका अनुसार दुर्घटनामा पर्ने सबै प्रहरी रहेका छन्। उनीहरु सोलुखुम्बुबाट प्रदेश १ स्थित विराटनगर हिँडेका थिए । उनले आफु उद्धार कार्यमा व्यस्त रहेकाले पूर्ण विवरण आउन समय लाग्नेपनि बताएका छन् ।
उपचारको लागि गम्भीर घाइतेहरुलाई हेलिकोप्टर मार्फत काठमाडौँ लैजाने तयारि भईरहेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस