काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा सबैभन्दा धेरै मतदाता
- वर्ल्ड दैनिक
- १ साल अघि
- २७७ पटक पढिएको
स्थानीय निर्वाचनका लागि राजनीतिक दलहरु उम्मेदवारी चयनमा व्यस्त हुन थालेका छन् । २०७९ साल वैशाखमा हुने स्थानीय निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा ३ लाख ३ हजार ५६० जना मतदाता रहेका छन् ।

जसमध्ये १ लाख ५४ हजार १८३ पुरुष, १ लाख ४९ हजार ३७५ महिला र २ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय पालिकामा १ सय ८९ मतदान केन्द्र तथा ३ सय ८१ मतदान स्थल रहेको निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले जानकारी दिए ।
त्यस्तै पनौती नगरपालिका जिल्लाकै सबैभन्दा धेरै मतदाता रहेको पालिका रहेको छ । पनौतीमा ३८ हजार १४५ जना मतदाता रहेका छन् । जसमध्ये १८ हजार ७७१ पुरुष र १९ हजार ३६४ महिला मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस