रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३२० पटक पढिएको

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति दोस्रो लेगको क्वार्टरफाईनलमा रियल मड्रिडले चेल्सीलाई हराएको हो । 

रियल मड्रिडले दोस्रो लेगको खेलमा चेल्सीसँग २–३ को हार बेहोरेको थियो। तर समग्रमा ५–४ को नतिजा सहित रियल अन्तिम चारमा प्रवेश गरेको हो। रियल पहिलो लेगमा ३–१ गोल अन्तरले अघि थियो ।

रियलको लागि रोड्रिगो र करिम बेन्जिमाले समान १ गोल गरेका थिए ।

यो नतिजा सहित रियल पछिल्लो १२ सिजनमा १० औं पटक च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश गरेको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित