अज्ञात बन्दुकधारीद्वारा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ८५ पटक पढिएको

मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या भएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा बसोबास गर्दै आएका एकै परिवारका आठ जना सदस्यको हत्या भएको त्यहाँको महान्यायाधिवक्ताको कार्यालयले जानकारी दिएको छ ।

सोमबार भएको उक्त घटनामा २ पुरुष तथा ६ जना महिलाको हत्या भएको हो । परिवारका सदस्य सम्पूर्ण घरमै हुँदा गोलीहानी हत्या भएको हो । गोली लागेर सात जनाको घरैमा निधन भएको थियो भने एक जनाको भने अस्पतालमा निधन भएको छ ।

हत्यामा संलग्न भएका व्यक्तिको कुनै खबर नभएकाले खोज्ने क्रम जारी रहेको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित