श्रीलंका विदेशी ऋण तिर्न असफल

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ८६ पटक पढिएको

श्रीलंकाले अहिले आर्थिक संकटको सामना गरिरहेको छ । मंगलबार श्रीलंकाले ५१ अर्ब विदेशी ऋण तिर्न असफल भएको बताएको छ । श्रीलंकाको विदेशी मुद्रा सकिएपछि अत्यावश्यक वस्तुहरू आयात गर्न यो अन्तिम उपाय भएको एएफपी समाचार एजेन्सीले बताएको छ।

अहिले श्रीलंकाले स्वतन्त्रता पाए यताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। खानादेखि इन्धनसम्म सबै सकिएको छ ।

श्रीलंकाको आर्थिक संकटले देशका दुई करोड जनतामा पीडा थपेको छ । अहिले त्यहाँ सरकार विरोधी प्रदर्शनहरू चलिरहेका छन्।

गत वर्ष अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरूले श्रीलंकाको रेटिङ यसरी घटाएको थियो कि श्रीलंकाका लागि विदेशी पुँजी बजारबाट ऋण लिन लगभग असम्भव थियो।

बीबीसीका अनुसार  श्रीलंकाले भारत र चीनसँग आर्थिक सहायता मागेको थियो तर बदलामा दुवै देशले आवश्यक सामाग्री ऋण दिने प्रस्ताव राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित