भारतमा कोरोना संक्रमितको संख्या वृद्धि

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ११५ पटक पढिएको

भारतमा पछिल्लो समयमा  कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेको छ । पछिल्लो एक सातामा कोरोना संक्रमितमा ह्वात्तै वृद्धि भएको छ ।

उक्त समयमा हरियाणामा ५० प्रतिशत र दिल्लीमा २६ प्रतिशत गरि ८९ प्रतिशतसम्म वृद्धि भएको छ। यसैबीच गुजरातमा एक व्यक्ति एक्सई भेरियन्टद्वारा संक्रमित भएको जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले बताएको छ । अहिले  भारतमा कोरोनाको चौथो लहरको आशंका गरिएको छ ।

भारतको केन्द्र सरकारले चीन र अमेरिकामा बढ्दो कोभिडको मामिलाबीच ५ राज्यलाई चेतावनी जारी समेत गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित