आईपीएलमा आज चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै
- वर्ल्ड दैनिक
- १ साल अघि
- १४० पटक पढिएको
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ । बेलुका ७:४५ बजे मुम्बईमा हुने खेलमा साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन्।

रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउन सके चेन्नईको लागि आजको जित पहिलो हुनेछ । साविक विजेता चेन्नईले लगातार ४ खेलमा हार बेहोरिसकेको छ ।
चारवटै खेलमा हारेको चेन्नई अंक विहीन रहँदै तालिकाको पुछारमा रहेको छ ।
त्यस्तै बैंगलोरले ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस