रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९० पटक पढिएको

अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । गोलीबारीमा परि अन्य १० जना घाइते भएका छन् ।

स्थानीय समयानुसार आइतबार बिहान १:२७ बजे  डाउन टाउन सिडर र्यापिड्सको ट्याबू नाइट क्लबमा गोलीबारी भएको स्थानीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । घाइते १० जनालाई नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

उक्त गोलाबारीमा संलग्न व्यक्तिहरुको खोजि जारी रहेको अन्तराष्ट्रिय सञ्चार मध्यम बीबीसीले खबर उल्लेख गरेको छ ।  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित