भारतमा रामनवमीको अवसरमा भएको हिंसापछि कर्फ्यू लगाइयो
- वर्ल्ड दैनिक
- १ साल अघि
- ३६३ पटक पढिएको
मध्य प्रदेशको खरगोनमा रामनवमीको अवसरमा भएको हिंसापछि कर्फ्यू लगाइएको छ । रामनवमीको मौकामा निकालिएको शोभा यात्रामा ढुङ्गा फ्याँकिएपछि हिंसा भड्किएर वरिपरिका केही घर र गाडीलाई जलाइएको स्थानीय प्रहरीले जनाएका छन् ।

तनावका कारण आइतबार र सोमबार राती इलाकामा कर्फ्यू लगाइएको छ । खरगोनका कलेक्टर अनुग्रह पीले अब स्थिति नियन्त्रणमा आएपनि मानिसलाई स्वास्थ्य सम्बन्धी आवश्यकताका लागि मात्रै घर बाहिर निस्कनका लागि आदेश दिएका छन् ।
कलेक्टरले हिंसासंग जोडिएका मानिसहरु विरुद्ध कडा कारवाही गरिने चेतावनी दिएका छन् । समाचार एजेन्सी पिटिआईका अनुसार खरगोन एसपी सिद्धार्थ चौधरी र दुई अन्य प्रहरी अधिकारी ढुङ्गा हानाहानमा घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस