ओलीले गरे हलेसी मन्दिरलाई भेटी सहयोग

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २२४ पटक पढिएको

प्रसिद्ध हलेसी मन्दिरमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुई लाख र हलेसी मार्तिका गुम्बालाई दुई लाख भेटी दान गरेका छन्।

एमालेले दिक्तेलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै गत चैत १९ गते अध्यक्ष ओलीले हलेसी मन्दिर तथा गुम्बा अवलोकन गरेपश्चात् भेटीस्वरुप मन्दिर र गुम्बालाई दुईदुई लाख दान गर्ने घोषणा गरेका थिए।

रामनवमीको अवसरमा एमाले केन्द्रीय सदस्य तथा खोटाङकी सहइन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

मन्दिर परिसरमा एक कार्यक्रम गरी एमालेले आइतबार अध्यक्ष ओलीले पठाएको रकम हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राई र हलेसी मार्तिका गुम्बा व्यवस्थापन समितिका अध्यक्ष डोमा लामालाई हस्तान्तरण गरेको हो ।

एमाले अध्यक्ष ओलीबाट चन्दा ग्रहण गर्दै लामाले ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए । कार्यक्रममा एमाले जिल्ला सचिव कुमार आचार्य, उपसचिव दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई, हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेललगायतको उपस्थिति थियो ।

श्रीमती राधिका शाक्यसँग हलेसी मन्दिर र मार्तिका गुम्बाको दर्शन गरेपछि अध्यक्ष ओलीले हलेसीको धार्मिक, ऐतिहासिक र पौराणिक महत्वका बारेमा छलफल गरेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित