नेपाल र ताजिकिस्तान भिड्दै

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १९७ पटक पढिएको

नेपालले आज सोमबार एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दै छ ।

बिहान १०:४५ बजे सुरु भएको खेलमा नेपालले ताजिकिस्तानको सामना गर्दै छ। 

बलियो टोली ताजिकिस्तानलाई हराउन सके आजको जित नेपालको लागि पहिलो हुनेछ ।

पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले हार बेहोरेको थियो। 

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित