चितवनको भरतपुर महानगरपालिका नपाए विद्रोह हुने काँग्रेसी नेताहरूको चेतावनी

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ६७ पटक पढिएको

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा शेखर कोइरालालाई भेटेर नेपाली काँग्रेस चितवनका नेताहरु फर्किएका छन् । तीन नेतालाई भरतपुर महानरपालिका काँग्रेसले पाउनुपर्छ भन्दै दबाब दिएर उनीहरू फर्किएका हुन् ।

नेताहरूलाई भेट्न केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीत नारायण श्रेष्ठसहितको टोली आएको थियो । भेटघाटको क्रममा तालमेल गर्दा भरतपुर महानगरपालिका काँग्रेसलाई पार्नेगरी छलफल अघि बढाउने नेताहरूले बताएको भेटपछि केन्द्रीय सदस्य दिनेश कोइरालाले बताए ।

हाल भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्दै आएको छ । यसपटक भने भरतपुर महानगरपालिका नपाएको खण्डमा विद्रोह हुने काँग्रेसी नेताहरूले चेतावनी दिएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित