भारतमा कोरोनाका कारण एकैदिन २९ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७३ पटक पढिएको

भारतमा पछिल्लो २४ घण्टाभित्रमा १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १०५४ जना नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना अनुसार २९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोनाभाइरसका कूल सक्रिय संक्रमितको  संख्या ११ हजार १३२ रहेको छ जुन हालसम्म भेटिएका संक्रमितको ०.०३ प्रतिशत हो । भारतमा अहिले कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख २१ हजार ६८५ पुगेको छ । हालसम्म कुल ४ करोड २५ लाख २४ हजार ५४  जना संक्रमणमुक्त भएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित