Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

आगामी मंगलबार ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३९१ पटक पढिएको

नेपाल राष्ट्र बैंकले यहि आउदो मंगलबार १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो ।

बैंकले भोलि अर्थात् चैत २८ गते सबै प्रकारका बिलहरुको बाँडफाँड हुने भएकाले बिल खरिदका लागि सार्वजनिक सुचना जारी गरेको छ । बैंकका अनुसार ९१ दिनका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि २ अर्ब २५ करोड छुट्याईएको छ।

त्यस्तै  ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ । सार्वजनिक बोलकबोलमार्फत बाँडफाँड हुने बिलमा अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड हुनेछ भने बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बाँडफाँड हुने बैंकले जनाएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित