नेटोको सदस्य स्लोभाकियाले युक्रेनलाई गर्‍यो हतियार सहयोग

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १०९ पटक पढिएको

रुस र युक्रेनको युद्द सुरु भएको आज ६ साता बितेको छ। युक्रेनले छिमेकी देशहरूसँग रुसी हमलाको प्रतिकार गर्न हतियार सहयोग लिँदै आइरहेको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले विमानहरू, बख्तरबंद सवारी साधनहरू, वायु रक्षा प्रणाली र भूमिमा आधारित एन्टी–शिप मिसाइलहरू माग गर्दै आएका छन् । 

नेटोको सदस्य स्लोभाकियाले उनको माग पुरा गर्न  एस–३०० वायु रक्षा प्रणाली युक्रेनलाई सहयोग गर्ने प्रधानमन्त्री इडुवार्ड हेगरले बताएका छन् ।

अमेरिकाले किभलाई ३० देशहरूले सैन्य सहयोग गर्ने बताइरहेको बेला स्लोभाकियाले हतियार प्रदान गर्ने घोषणा गरेको हो । अस्ट्रेलियाले पनि यसअघि युक्रेनलाई हतियार उपलब्ध गराउने बाचा गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित