बालुवाटारमा आज मन्त्रिपरिषदको नियमित बैठक बस्दै

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १२१ पटक पढिएको

बालुवाटारमा आज मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएको छ। सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दिएको जानकारी अनुसार बैठक आज अपरान्ह चार बजे बस्ने गरि बोलाइएको छ।

मन्त्रिपरिषद बैठकमा आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरु गर्ने भनिएको छ।  निर्वाचन आचारसंहिता  स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट लागु गरिन्छ।

आयोगले अहिलेसम्म  निर्वाचन आचारसंहिता तयार भए तापनि संहिता लागू हुने मिति अझै तोकेको छैन । यसैबीच आयोगले चैत २५ अर्थात भोलि शुक्रबारबाट लागू हुनेगरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित