आम निर्वाचनका लागि मिति प्रस्ताव गर्न पाकिस्तानको निर्वाचन आयोगलाई आग्रह

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २८५ पटक पढिएको

पाकिस्तानको राष्ट्रपतिको सचिवालयले आम निर्वाचनका लागि मिति प्रस्ताव गर्न पाकिस्तानको निर्वाचन आयोगलाई आग्रह गरेको छ । उनले देशमा जारी राजनीतिक अस्थिरता बीच निर्वाचनका लागि मिति प्रस्ताव गर्न आयोगलाई आग्रह गरेका हुन् ।

पाकिस्तानको सचिवालयबाट अप्रिल ५ तारिखको पत्रमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले निर्वाचन आयोगलाई राष्ट्रिय सभा विघटन भएको ९० दिनभित्र संविधानको प्रावधान अनुसार प्रस्ताव गर्न आग्रह गरेका छन्।

‘संविधानको धारा ४८ को उपधारा ५ (क) र धारा २२४ को उपधारा (२) मा राष्ट्रपतिले राष्ट्रियसभा विघटन भएको मितिले नब्बे दिन नकाट्दै राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्ने व्यवस्था गरिएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

यसले निर्वाचन ऐन २०१७ अनुसार आम निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगलाई सँग परामर्श लिनुपर्ने पनि बताएको छ। आइतवार अल्वीले प्रधानमन्त्री इमरान खानको सल्लाहमा पाकिस्तानी संसद भङ्ग भएको घोषणा गरे।

प्रधानमन्त्री इमरान खानले आफूविरुद्धको अविश्वासको प्रस्तावलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार गरेको केही मिनेटपछि यो प्रस्ताव आएको हो। यसैबीच, राष्ट्रपतिले इमरान खानलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्रीको पदमा रहने जिम्मेवारी दिएका छन्।

पाकिस्तानको सर्वोच्च अदालतले नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्री खानले पदमा बहाल रहने फैसला गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित