भिल्ला रियलसँग बायर्नको हार

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ६७ पटक पढिएको

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले हार बेहोरेको छ । बुधबार राति भएको खेलमा बायर्न म्युनिखले भिल्ला रियलसँग १-० गोल अन्तरले हार बेहोरेको हो ।

भिल्लाको जितमा अर्नौट डान्जुमाले निर्णायक गोल गरे । खेलको आठौं मिनेटमा उनले गोल गरेका थिए ।

सही अवसरलाई सदुपायोग गर्न नसक्दा बायर्न गोल रहित भयो ।

अब बायर्नले  दोस्रो लेग आफ्नो घरेलु मैदानमा खेल्नेछ । अप्रिल १३ मा दोस्रो लेग हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित