पूर्वी कंगोमा विद्रोहीको हमलामा परि एक नेपाली शान्ति सैनिकको मृत्यु

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १५१ पटक पढिएको

अफ्रिकी मुलुक कंगोमा संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति मिसनमा खटाईएका एक नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार अपरेसन ‘बाली’ को दौरान गत चैत २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका सुर्खेत जिल्ला, गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङलाई हेलिकप्टरमार्फत थप उपचारको लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो ।  त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ । 

नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समेत समवेदना व्यक्त गरेका छन् । महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।  रोयटर्स

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित