Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

सुनको मूल्य तोलामा आज १०० रुपैयाँको वृद्दि

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १११ पटक पढिएको

सुनको मूल्य तोलामा आज १०० रुपैयाँको वृद्दि आएको छ। सुनको मूल्य आज १०० रुपैयाँले बढेर ९८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा १०० ले बढेर तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  सोमबारको तुलनामा मंगलबार तोलामा १०० सय रुपैयाँले वृद्दि आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य बढे तापनि चाँदीको मूल्य भने घटेको छ । 

मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ५० रुपैयाँ थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित