अर्घाखाँचीमा शुक्रबारदेखि वैशाख १८ सम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १०४ पटक पढिएको

चैत्र २५ देखि वैशाख १८ सम्म अर्घाखाँचीमा टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

आगामी शुक्रबारदेखि सञ्चालन हुने भएको खोप अभियानमा १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने खोप अभियानका सदस्य सचिव रामप्रसाद गौतमले जानकारी दिएका छन् । खोप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले २०० भन्दा बढी विद्यार्थी भएको स्थानमा विद्यालयमै खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ । 

१५ महिनादेखि १५ वर्षभित्रका करिब ४७ हजार बालबालिकाहरूलाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ। खोप केन्द्रमा स्वयंसेविका, शिक्षक तथा  एक जना स्वास्थ्यकर्मी परीचालित हुने भएका छन् । खोप अभियानका प्रमुख तथा जिल्ला समन्वय प्रमुख पिताम्बर भुसालका अनुसार खोप अभियान अन्तर्गत अर्घाखाँचीमा ४ सय २३ खोप केन्द्र कायम गरिएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित