नेपाल र पपुवा न्युगिनी प्रतिष्पर्धा गर्दै

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४७४ पटक पढिएको

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको फाइनल खेलमा सोमबार नेपाल र पपुवा न्युगिनी प्रतिष्पर्धा गर्दै छन्।

त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १२:३० बजे हुने खेलमा दुबै टोली उपाधि हात पार्ने योजनका साथमा मैदानमा उत्रने भएका छन्।

नेपालले सिरिजको ४ खेलमा ४ खेल जित्दै फाइनलामा स्थान बनाएको थियो । यसैगरी पीएनजी ४ खेल मध्ये १ खेल जित्दै कुल रनरेटका आधारमा मलेसियालाई पछि पार्दै फाइनल आइपुगेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित