मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९४ पटक पढिएको

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंको स्युचाटार पुल नजिक भएको दुर्घटनामा चालक को मृत्यु भएको हो ।

बागमति प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटका अन्दाजी २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कलंकीस्थित नेपाल नेशनल अस्पतालमा गएराति साढे १० बजे मृत्यु भएको हो। तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।

पोष्टमार्टमको लागि उनको शवलाई महाराजगंजस्थित त्रि.वि. शिक्षण अस्पतालमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित