बाघको आक्रमणमा परि एकको मृत्यु
- वर्ल्ड दैनिक
- १ साल अघि
- ८० पटक पढिएको
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा उक्त्त घटना भएको हो । आक्रमणमा परि मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेको निकुञ्जले जानकारी दिएको छ ।

आइतबार साँझ निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा विकलाई बाघले आक्रमण गरेको जनाईएको छ। आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् ।
बाघको आक्रमणपछी विकको घटनास्थलमा नै मृत्यु भएको थियो । निकुञ्जका अनुसार विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको हो ।
प्रतिक्रिया दिनुहोस