महिला विश्वकपको उपाधि अष्ट्रेलियालाई

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३५९ पटक पढिएको

अष्ट्रेलियाले सन् २०२२ संस्करणको आईसीसी महिला विश्वकपको उपाधि हात पारेको छ । अष्ट्रेलियाले फाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै च्याम्पियन बनेको हो ।

क्रिष्टचर्चमा भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित गरेको हो। यो जित सहित अष्ट्रेलियाले  ७ पटक विश्वकप जितेको छ।

विश्वकपका सबै ९ खेलमा अष्ट्रेलिया विजयी भएको  थियो । 

३ सय ५७ रनको लक्ष्य पाएको इंग्ल्यान्डले ४३ ओभर ४ बलमा २ सय ८५ रन बनाउँदा अलआउट हुन पुग्यो। इंग्ल्यान्डका लागि नाट सिभरले शतक प्रहार गरेकी थिन् ।  उनले १ सय २१  बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ४८ रन बनाएकी थिन् ।

अष्ट्रेलियाको जितको लागि एलना किङ र जेस् जोनासेनले समान ३३ तथा मेगन चुटले २ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५  विकेट गुमाएर ३ सय ५७ रन बनायो । अष्ट्रेलियाका लागि एलेस्या हिएलेले १ सय १७ रनको योगदान गरिन् ।

यसैगरी रचेल हयनेसले र बेथ मोनी दुबैले अर्धशतक प्रहार गरेका थिए ।

यसअघि अष्ट्रेलियाले सन् १९७८, सन् १९८२, सन् १९८८, सन् १९९७, सन् २००५ र सन् २०१३ मा विश्वकप उपाधि जितेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित