Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

मेयर अशोक कुमार एकीकृत समाजवादीमा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १४० पटक पढिएको

नेकपा एमालेका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा अशोककुमार चन्द वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

मेयर चन्दसहित वेदकोट नगरपालिकाका निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गर्दैछन् ।

गत पुुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनबाट असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन् ।

अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गर्न लागेका उनीहरुलाई आइतबार दिउँसो वेदकोट नगरपालिका–३ दैजीस्थित जयशंकर सामुदायिक वनमा आयोजना हुने कार्यक्रममा स्वागत गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित