लागूऔषध गाँजा सहित २ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९८ पटक पढिएको

रुपन्देही, देवदह नगरपालिका-१० आसाम टोलबाट करिब १ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अर्जुन थापा र २१ वर्षीय शिशिर सेन्चुरी रहेका छन् ।

अस्थाई प्रहरी चौकी भलुहीबाट खटिएको प्रहरीले अर्जुनको घरमा उनीहरूलाई गाँजा सेवन गरिरहेको अवस्थामा फेला पारी घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित