इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमा भोटिङ हुने
- वर्ल्ड दैनिक
- १ साल अघि
- ८६ पटक पढिएको
आज पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमा भोटिङ हुने भएको छ । स्थानीय समयअनुसार अविश्वासको प्रस्ताव टुंगो लगाउन आज बिहान साढे ११ बजे संसदको बैठक बोलाइएको छ । अविश्वास प्रस्तावमा अपराह्न तीन बजे मतदान हुने भएको छ।

प्रधानमन्त्री खानको विपक्षमा सत्ता गठबन्धनका दल नै उभिएपछि उनी धारापमा परेका हुन् । उनले राजीनामा नदिने बरु अविश्वास प्रस्ताव सामना गर्ने बताएका छन् । अहिलेसम्म खानको पक्षमा १४२ र विपक्षमा १९९ सांसद रहेका छन् । गणितीय हिसाबले उनी पदमुक्त हुने निश्चित रहेको स्थानीय मिडियाहरुले जनाएका छन् ।
सन् २०१८ को अगष्टदेखि पूर्व राष्ट्रिय क्रिकेट खेलाडी इमरान खानले पाकिस्तानको प्रधानमन्त्री पद सम्हाल्दै आएका छन् । उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर विपक्षी दलहरुले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस