Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

श्रीलङ्कामा राष्ट्रव्यापी सङ्कटकाल घोषणा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १२७ पटक पढिएको

श्रीलङ्कामा राष्ट्रव्यापी सङ्कटकाल घोषणा भएको छ। राष्ट्रपतिको निवासबाहिर भएको विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको एक दिनपछि सङ्कटकाल घोषणा गरिएको हो।

बिहीवार कोलम्बोस्थित राष्ट्रपति गोटबय राजपक्षको निजी निवास नजिकै प्रदर्शनकारीहरूले छेकबारहरू भत्काएका र सवारीसाधनहरूमा आगो लगाएका थिए। अहिले त्यहाँ सेनालाई तैनाथ गरिएको छ र आरोपितहरूलाई पक्राउ पुर्जीबिना पक्राउ गर्ने अधिकार दिइएको छ।

दैनिक १२ घण्टाभन्दा बढी हुने विद्युत् कटौती, इन्धन र अत्यावश्यक खाद्यान्न तथा औषधिको अभावका कारण २ करोडभन्दा बढी जनसङ्ख्या भएको यस टापु राष्ट्रमा आम मानिसको आक्रोश उच्च विन्दुमा पुगेको छ। राष्ट्रपति भवन अगाडि भएको विरोध प्रदर्शनको घटना शान्तिपूर्ण रूपमा आरम्भ भएको थियो। प्रदर्शनकारीहरूका अनुसार प्रहरीले उनीहरूमाथि अश्रु ग्यास र पानीको फोहरा प्रहार गर्नुका साथै कुटपिट गर्न थालेपछि अवस्था हिंसात्मक बनेको हो। बीबीसीबाट 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित