लुम्विनी प्रदेशमा पहिलोपटक जलयात्रा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २३९ पटक पढिएको

लुम्विनी प्रदेशमा पहिलोपटक जलयात्रा सुरु भएको छ। शुक्रबार लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले जलयात्राको शुभारम्भ गरेका हुन्। 

मन्त्री चौधरीले जलयात्रा सफल भएको र यसलाई व्यवसायिक बनाइने बताए। प्रदेशका ५ स्थानमा जलयात्रा सन्चालन गरिने उनले बताए। शुक्रबारदेखि  सोहि योजना अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका-१ कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा साहसिक जलयात्रा (र्‍याफ्टिङ) सञ्चालनमा आएको हो।

पर्यटन डिभिजन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिकासँगको सहकार्यमा र्‍याफ्टिङ सञ्चालनमा ल्याएको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित